काठमाण्डु – निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको जनाएका छन् ।





प्रतिक्रिया