काठमाण्डु – काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–२ सरस्वती सामुदायिक वन वतासेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै शवको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया