बढुवा भएका ११ डिआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका ११ डिआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–एसएसपीबाट  डिआईजीमा बढुवा भएका  नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच अाइजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान गरे।

दज्र्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा बिनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय छन्।