काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउन कोशी प्रदेश कार्यसमितिले नाम सिफारिस गरेको छ ।
प्रदेश कार्यसमितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्ला कार्यसमितिबाट प्राप्त सिफारिसलाई आधारमा केन्द्रीय कार्यसमितिमा नाम सिफारिस गरेको छ ।
प्रदेशले पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, मीनेन्द्र रिजाल र सुजाता कोइराला लगायतको नाम सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेमा पूर्व संघीय सांसद डिला संग्रौला, नेविसंघका पूर्व सभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला पनि छन् ।
राष्ट्रियसभा सदस्यमा रिक्त हुने पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।




प्रतिक्रिया