छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सडकमा बा१३च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार कार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा यूपी ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु३त ९३२४ नम्बरको ट्रयाक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनी बस्ने १५ वर्षीय रमन यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार ट्रयाक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।