काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस

काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

आज कर्णाली र सुदुरपश्चिम प्रदेशको मौसम बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै मुलुकका पहाडी भेगमा पनि आंशिक बदली रहनेछ ।

बाँकी भेगको मौसम भने सफा रहने छ । तर तराईका केहि क्षेत्रमा विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु मध्यान्हसँगै खुल्दै जाने छ ।

मुलुकभरमध्ये सबै भन्दा जाडो जोमसोममा छ । जोमसोमको न्यूनतम तापक्रम माइनस ४ डिग्री पुगेको छ भने सबैभन्दा बढी तापक्रम धरानको छ ।

धरानको न्यूनतम तापक्रम १५ डिग्री मापन गरिएको महाशाखाको बुलेटिनमा उल्लेख छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।