सन्दीप पक्षका वकिलले बहस गर्दै,आजै फैसला आउन सक्ने

सन्दीप पक्षका वकिलले बहस गर्दै,आजै फैसला आउन सक्ने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस सुरु गरेका हुन् ।

‘हेर्दा हेर्दै’ मुद्दामा आजपनि सुनुवाइ हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको थियो ।

बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालत काठमाडौंले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने बिरुद्धको मुद्धामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ । हिजोको सुनवाईमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।