काठमाण्डु- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरिएको हो ।
जसअनुसार अनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल र मधेसमा नारायणप्रसाद सुवेदी नियुक्त भएका छन् । त्यस्तै बागमतीमा महेन्द्रबहादुर कार्की र गण्डकीमा केशवप्रसाद बास्तोला लाई नियुक्त गरिएको छ । त्यस्तै लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।





प्रतिक्रिया