नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन

नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्येही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो।

पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो।

तर आज नाडाका नेतृत्व अहिले को समयमा चुनाबी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप, नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् । सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुँने फेरि पक्का भएको छ भने यहि सहमति पछि चुनाब नहुने पक्का भएको छ।

सहमतीको पहल गर्न अध्यक्ष ज्यु ,निबर्तमान अध्यक्ष ज्यु तथा कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।