लाखौं ठगी गरेको आरोपमा पूर्व क्रिकेटर पक्राउ

लाखौं ठगी गरेको आरोपमा पूर्व क्रिकेटर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दिल्ली प्रहरीले पाँच तारे होटलमा ५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २५ वर्षीय पूर्व क्रिकेटरलाई पक्राउ गरेको छ ।

आरोपीको नाम मृणाक सिंह हो, जो हरियाणाको फरीदाबाद निवासी हुन्। उनी हरियाणाका लागि अन्डर-१९ क्रिकेट टोलीको हिस्सा भइसकेका छन्। प्रहरीका अनुसार मृणाक सिंहले आइपिएलमा पनि टिमको प्रतिनिधित्व गरेको दाबी गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मृणाक सिंहलाई आईपीएस अफिसर भएको बहानामा धेरै लक्जरी होटल र तिनका व्यवस्थापकहरूलाई ठगी गरेको आरोप छ। यी ठगीमा परेका भारतीय क्रिकेटरको नाम पनि परेको छ ।

अभियुक्तहरूले आइपिएस अफिसर हुँ भनेर विभिन्न तरिकाले पाँचतारे होटल तथा रिसोर्टमा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आफूलाई आईपीएल टोलीको खेलाडीको रूपमा चिनाए र धेरै महिलाहरूलाई धोका दिन आफ्नो स्टारडम प्रयोग गरेका थिए।

सिंहले अन्तर्राष्ट्रिय खेलकुद ब्राण्डको एम्बेसेडर बनाएर खेलकुदका सामान बेच्ने धेरै शोरुममा समेत ठगी गरेका छन् । सिंहले धेरै भारतीय क्रिकेटरसँग नजिक रहेको पनि दाबी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अगस्ट २२, २०२२ मा दिल्लीको चाणक्यपुरी पुलिस स्टेशनमा मध्य दिल्लीको पाँच तारे होटलको सुरक्षा निर्देशकले उजुरी दर्ता गराएका थिए। उनले होटलको ५.५३ लाखको बिल नतिरिकन होटल छाडेका थिए ।

कसरी खुल्यो मुद्दा ?

अनलाइन कारोबारबाट होटलमा दुई लाख रुपैयाँ पठाइए पनि त्यसको यूटीआर नम्बर शंकास्पद देखियो । त्यसपछि होटलले सिंह र उनका म्यानेजर गगन सिंहलाई सम्पर्क गर्यो।

मृणाक सिंहले चालकलाई नगद पठाउने बताए तर कोही आएनन् । उनलाई पटकपटक सम्पर्क गर्ने प्रयास गरियो तर हरेक पटक होटलमा झुटो आश्वासन दिएर गलत जानकारी दिए ।

यसपछि चाणक्यपुरी थानामा आईपीसीको धारा ४२० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानका क्रममा मृणाक सिंह नोटिस पठाइएको ठेगानामा उपस्थित नभएको पाइएको थियो । उनको मोबाइल फोन स्वीच अफ थियो ।

मृणाक सिंहविरुद्ध गैर जमानती वारेन्ट र लुकआउट सर्कुलर जारी गरिएको प्रहरीले जनाएको छ । हङकङ जान खोज्दा बुधबार इन्दिरा गान्धी विमानस्थलबाट उनलाई पक्राउ गरिएको हो ।

हिरासतमा परेपछि पनि सिंहले आइपिएस अफिसर देखाएर अनुसन्धान अधिकारीलाई प्रभावित पार्न खोजेका थिए । सिंहलाई दुई दिन प्रहरी हिरासतमा राखिएको छ ।