कोशी,बागमती, गण्डकी प्रदेशमा आज आंशिक बदली रहने

कोशी,बागमती, गण्डकी प्रदेशमा आज आंशिक बदली रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।