काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ ।
३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो।
अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियाे । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ।
न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने भन्दै गर्भनर अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ । सरकारले २०७६ चैत २४ गते महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति दिएको थियो ।




प्रतिक्रिया