सरकारले भन्यो – मन्त्रीको गाडी जलाउनु अराजकता भयो, प्रश्रय दिनु हुँदैन

सरकारले भन्यो – मन्त्रीको गाडी जलाउनु अराजकता भयो, प्रश्रय दिनु हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको घटना अराजकता भएको सरकारले जनाएको छ ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘यो घटनामा अराजकता भयो, प्रश्रय दिनु हुँदैन ।’

गाडी जलाउनु र आन्दोलनकारीको मृत्यु हुनु दुवै घटना दुःखद रहेका उनले बताइन् । ‘जे घटना भयो, गलत भयो । दुःखद भयो । त्यस्तो गर्नुहुँदैन,’ उनले भनिन्, ‘आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई हुन्छ ।’

सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि अराजकता गर्न नहुने उनले बताइन् ।