काठमाण्डु- भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको बताका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सो घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध नरहेको बताएका हुन् ।
‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन, बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दु:ख व्यक्त गर्छु ।’ उनले भने ।
ज्वालाले बिना कारण सरोकार नै नभएको बिषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए । उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद भएको बताए । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए ।




प्रतिक्रिया