काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएकाे छ ।
बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरूसहित ४८ जनाले आफ्नो धारणा राखेका थिए। बैठकमा छ मन्त्रीले आफ्ना कामको विवरण पेस गरेका थिए।
बिहीबारको बैठकले बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्नुका साथै घटनामा घाइते भएकाहरूको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग मागसमेत गरेको थियो।
पौष १२ देखि सुरू भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु मध्य अर्थ मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन.पी. साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ।




प्रतिक्रिया