काठमाण्डु – ललितपुरको बालकुमारीमा शुक्रबार २ जनाको मृत्यु हुने गरी भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा २ जनाको ज्यान गएको थियो भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारीसाधनमा आगजनी भएको थियो ।
कोरियाली भाषा परीक्षाबाट वञ्चित गरिएको भन्दै केही युवाले गरेको प्रदर्शन हिंसात्मक भएपछि जनधनको क्षति भएको थियो ।




प्रतिक्रिया