बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु


काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत छन् ।

गठबन्धनका नेताबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेको जनाइएको छ ।