अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने ३० वर्षीय रियाज देवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बीआर १ पीबी ३३१४ नम्बरको भारतीय सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा लुकाई ल्याएको गाँजासहित चालक रियाजलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ गणेशपुर बस्ने ३८ वर्षीय दिनेश रानालाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७३ मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रूवेशी सडक खण्डबाट अवैध लागूऔषध चरेश १२ ग्रामसहित गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने २३ वर्षीय सिंगबहादुर तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी स्याफ्रुबेशीबाट खटिएको प्रहरीले प्र ३–०२ ००२ प ५२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूपदार्थसहित फेला पारी मोटरसाइकल चालक सिंगबहादुरलाई पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।