राष्ट्रियसभाको सीट बाँडफाँटबारे कांग्रेस-माओवादीबीच छलफल, कसरी हुन्छ भागबन्डा?

राष्ट्रियसभाको सीट बाँडफाँटबारे कांग्रेस-माओवादीबीच छलफल, कसरी हुन्छ भागबन्डा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभाको निर्वाचन अन्तर्गत सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा मंगलबार बिहान दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

बालुवाटारमा कांग्रेस र माओवादीको नेताहरुबीच कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल भएको छ । त्यही आधारमा गठबन्धनमा सीट बाँडफाँट गर्ने तयारी छ। कांग्रेसभित्र मतभार आफूहरूको धेरै भएको भन्दै कम्तीमा १० सिट लिनुपर्ने माग छ।

आजको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी थिए।

माघ ११ गते राष्ट्रियसभाको निर्वाचनमा हुँदैछ। उम्मेदवारको मनोनयन भने पुस २३ गते गर्ने तालिका छ।