काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवस्था परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्न आह्वान गरेका छन् ।
संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था असफल भएको भन्दै उनले परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने बताए ।
आज मंगलबार महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको बताए । अहिलेको लथालिङ्ग र भताभुङ्ग अवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको उनले बताए ।
सनातन धर्म संस्कृति पहिचान संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै उनले हिन्दू धर्ममाथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने बताए ।
प्रशिक्षणमा तराई–मधेश क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र, जिल्ला, नगरका प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।




प्रतिक्रिया