पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर झण्डै १० लाख ठगी गर्ने महिला पक्राउ

पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर झण्डै १० लाख ठगी गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर झण्डै १० लाख ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाण्डुको टोखा नगरपालिका–११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो ।

उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाएर मासिक १ लाख ३० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।

पीडितबाट पटक–पटक गरी ९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

उनलाई काठमाण्डुको टोखा नगरपालिका–११ मनमैजुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।