काठमाण्डु – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
पुस २० गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए ।
राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।




प्रतिक्रिया