यलम्बर राजालाई काठमाण्डुमा आकाश भैरव भगवानको नाममा पुज्छौं : मेयर शाह

यलम्बर राजालाई काठमाण्डुमा आकाश भैरव भगवानको नाममा पुज्छौं : मेयर शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धरान पुगेका काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले यलम्बर राजालाई काठमाण्डुमा आकाश भैरव भगवान्को नाममा पुज्ने गरिएको बताएका छन् ।

शुक्रबार ‘धरान डे’को विशिष्ठ अतिथि रहेका उनले भने, ‘जसरी यतातिर यलम्बरलाई राजा मानिन्छ । काठमाण्डुमा भगवान् मानिन्छ आकाश भैरवको रूपमा । यलम्बर राजालाई आकाश भैरवको नाममा पुज्छौं । जो किरातको पहिलो राजा हुन् ।’

मेयर हर्क साम्पाङको आमन्त्रणमा धरान पुगेका शाहले धरानको श्रमसंस्कृति समेत नेपालभर अनुकरणीय रहेको बताए । उनले भने, ‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेट विना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन् । अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

मन्त्यव्यपछि मेयर शाहले हर्क साम्पाङलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । किराती भूमिमा राजा भनेर चिनिने यलम्बरलाई काठमाण्डुमा भगवान् भनेर चिनिने भन्दै साम्पाङलाई शाहले उपहार दिएका छन् ।