राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने सर्वाधिकार एकीकृत समाजवादीका यी ३ नेतालाई

राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने सर्वाधिकार एकीकृत समाजवादीका यी ३ नेतालाई


काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरू नाम टुंगो लगाउने सर्वाधिकार ३ नेतालाई दिएको छ ।

बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा हाम्रो पार्टीले कुन प्रदेश र क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सर्वाधिकार उहाँहरूलाई अधिकार दिएर गठबन्धनको बैठकमा पठाएको छ ।’

निश्चित केही गाइडलाइनका आधारमा टुंगो लगाउन सचिवालय बैठकले सुझाव दिएको उनले बताए ।