धनगढी – कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ दक्षिणपुरुवा वनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले स्थानीय २३ वर्षीय शिशिर साउँद र २४ वर्षीय शिद्ध बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया