सत्ता गठबन्धनभित्र भागबन्डा मिलेको दाबी, कुन दलकाे भागमा कति सिट ?

सत्ता गठबन्धनभित्र भागबन्डा मिलेको दाबी, कुन दलकाे भागमा कति सिट ?


काठमाण्डु- सत्ता गठबन्धन बैठक सकिएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रियसभाको निर्वाचन अन्तर्गत भागबण्डाको टुंगो लागेको कांग्रेस नेता रमेश लेखकले बताएका छन् ।

जसअनुसार नेपाली कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको छ । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने यो भागबण्डाबाट सन्तुष्ट छैन । तीन सिट मागेको एसलाई २ सिट मात्रै दिने भनिएपछि माधव नेपाल असन्तुष्ट बनेका हुन्।