राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै


काठमाण्डु – राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २० गते रिक्त हुन गईरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो ।

सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन ।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ ।