बुटवल – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कार्यालय घोराहीका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको छ ।
महिलामा एमालेकी तुलसाकुमारी केसी (दाङ), नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा (गुल्मी) र राप्रपाकी विजयलक्ष्मी सिंह (कपिलवस्तु) ले उम्मेदवारी दर्ता गराएका छन् ।
अर्को सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी (नवलपरासी), एमालेका झपेन्द्रबहादुर जिसी (पाल्पा), राप्रपाका निरनजन थापा (रुपन्देही) र माओवादीका झक्कुप्रसाद सुवेदी (रोल्पा) को उम्मेदवारी दर्ता भएको छ ।




प्रतिक्रिया