काठमाण्डु – कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिइसकेको बताएका छन् ।
संसद् सचिवालयमा आज भएको प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिमा मन्त्री भुसालले भुक्तानीको निर्देशन दिइसकेको जानकारी दिए ।
बैठकमा सभापति आरजू राणा देउवाले किसानको रकम भुक्तानीका विषयमा मन्त्री भुसाललाई प्रश्न गरेकी थिइन् ।
जवाफमा मन्त्री भुसालले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई चैतभित्र किसानलाई भुक्तानी दिन निर्देशन दिइएको बताएका छन् ।




प्रतिक्रिया