जसपाको केन्द्रीय समिति बैठक बस्दै

जसपाको केन्द्रीय समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा बस्नेछ ।

पुस २५ र २६ गते केन्द्रीय राजनीतिक समितिको बैठक गरेको जसपाले आज केन्द्रीय समिति बैठक डाकेको हो ।

बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।