झापा – ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१२ प्रगतिटोल बस्ने ७२ वर्षीय वृद्ध धनबहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया