काठमाण्डु – अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।
रूपन्देहीको देवदह नगरपालिका–१ बिर्ताबाट अवैध लागूऔषध गाँजा ७ किलो ५०० ग्रामसहित पाल्पाको माथागडी गाउँपालिका–५ बस्ने ६४ वर्षीय कुलबहादुर पल्लीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीबाट अवैध लागूऔषध खैरो हेरोइन ४०० मिलिग्रामसहित स्थानीय २० वर्षीय कमल शाहीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध नुर्फिन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल र फेनरागन ७ एम्पुलसहित माछापुच्छ्रे गाउँपालिका–४ बस्ने २८ वर्षीय विशाल नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
बर्दियाको मधुबन नगरपालिका–५ गाउँ नम्बर १७ बाट अवैध लागूऔषध ब्राउनसुगर करीब १ ग्राम १० मिलिग्रामसहित बाँकेको बैजनाथ गाउँपालिका–३ बनखेत बस्ने २४ वर्षीय नरेश खप्तरी मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया