आगोले जलेर १ महिलाको मृत्यु

आगोले जलेर १ महिलाको मृत्यु


सप्तरी – तिरहुत गाउँपालिका–५ मुसहरि टोल बस्ने ३५ वर्षीया सोनिला देवी सदाको आगोले जलेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।