काठमाण्डु – राजधानी काठमाण्डुको चन्द्रागिरी नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९ हजार ९७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया