विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला


काठमाण्डु – राजधानी काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ सापाटारमा भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकस्थित मानिस नबस्ने पुरानो घरमा हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने ४५ वर्षीय राजु गुरूङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा भानु नगरपालिका–६ बस्ने ३१ वर्षीय सोम रोका सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका–४ कृषिखोलास्थित खोलामा हाल नाम, थर, वतन नखुलेका करीब ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला परेका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।