काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज सोमबार राति केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का बर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको र देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । पहाडी १–२ स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ । अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो जारी रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया