जनार्दनको पूरक प्रस्ताव: पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नेसम्म !

जनार्दनको पूरक प्रस्ताव: पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नेसम्म !


काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्।

शनिवारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले तयार पारेको ‘मस्यौदा विधान–२०८०’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेस गरेका थिए । तर, प्रस्तुत मस्यौदा विधान अपूर्ण रहेको भन्दै शर्माले पूरक प्रस्ताव पेस गरेका हुन् ।

पार्टीको केन्द्रिय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माको छ।

यसैबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा पूरक प्रस्तावलाई कसरी समेट्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । मस्यौदालाई अन्तिम रूप दिने जिम्मा संयोजक भुसाल र पार्टी महासचिव एवं सदस्य देव गुरुङलाई जिम्मा दिइएको छ । सो बैठकमा पूरक प्रस्तावमाथि संश्लेषण गर्दै शर्माले ९ बुँदे सुझाव दिएका छन् ।

 विधानमा व्यवस्था गर्न शर्माले गरेको प्रस्ताव
– पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने
व्यवस्था विधानमा राख्ने।

-सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।

– सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने।

– पार्टीको नाम : नेकपा समाजवादी राख्नु पर्ने।

– जबस सम्बन्धी नीति : पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने।

– जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने।

– सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने।

– जिल्ला समितिको कार्यक्षेत्र : वैचारिक राजनैतिक/संगठन निर्माण, सुदृढिकरण तथा परिचालन/आर्थिक उत्पादन रोजगारी÷विकास निर्माण र सरकार सम्बन्धी काम/सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय/अनुगमन र मूल्याङ्कन हुनुपर्ने।