मोरङ – जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ मगर गुम्बास्थित सडकमा को१ख ७८३५ नम्बरको बसले प्रदेश न १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार तेह्रथुम घर भई शनिश्चरे नगरपालिका–२ राधा गुरूङको घरमा पाहुना आएकी ८० वर्षीया हस्तमाया गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको छ । सिटी सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया