काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सञ्चालन गर्ने बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेका छन् ।
प्रवक्ता शाहीलाई आन्दोलन मूल समितिका संयोजक लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी दिइएको पार्टीका अर्का प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।




प्रतिक्रिया