काठमाण्डु – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरूसँग भोलि बिहान छलफल गर्ने भएका छन् ।
सभामुख घिमिरेले आईतबार बिहान ११ बजे समितिका सभापतिहरूलाई छलफलमा बोलाएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।
घिमिरे सभामुख निर्वाचित भएको १ वर्ष पूरा भएको छ । सभामुख घिमिरेले संसदीय कामकारवाहीबारे छलफल गर्ने जनाइएको छ ।




प्रतिक्रिया