कञ्चनपुर – भीमदत्त नगरपालिका–४ बजारस्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४४ हजार ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया