विषयगत समिति सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

विषयगत समिति सभापतिहरूसँग सभामुख घिमिरेको छलफल


काठमाण्डु- संघीय प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।

सिहंदरबारस्थित आफ्नो कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले छलफल गरेका हुन् । बैठकमा संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा त्यसलाई प्रभावकारी बनाउने, संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरूबारे छलफल भएको जनाइएको छ ।