काठमाण्डु – मध्यराति महिलाको घरमै गएर बलात्कार गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सल्यानको दार्मा गाउँपालिका–४ भल्चौर घर भई हाल काठमाण्डु–२६ मित्रनगर बस्ने २९ वर्षीय विक्रम थापाले पुस १६ गते राति १२ बजेतिर एक महिलाको घरमा गएर बलात्कार गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।
बलात्कार गर्न खोज्दा महिलाले प्रतिकार गर्दा महिलालाई कुटपिट गरी उनी फरार भएका थिए ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट वैदेशिक रोजगारमा ठगी गरेको अजय थापालाई खोज्ने क्रममा विक्रम थापाको मोबाइल हेर्दा शंकास्पद देखेर जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गर्दा विक्रम थापाले महिलालाई जबरजस्ती करणी गर्ने उद्देश्यले मध्यरातमा घरमा प्रवेश गरी महिलाले प्रतिकार गर्दा कुटपिट गरी फरार रहेको र मुद्दा दर्ता रहेकाले उपस्थित गराई दिन भनि कार्यालयलाई पत्राचार गरेकोमा विक्रम थापालाई माघ ५ गते राति ९ बजेतिर काठमाण्डु–२६ मित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी कर्मचारीको साथमा पठाइएको छ ।




प्रतिक्रिया