निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन: पर्यटनमन्त्री किराँती

निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन: पर्यटनमन्त्री किराँती


काठमाण्डु- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल बायुसेवा निगमलाई करार व्यवस्थापनमार्फत सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले वर्तमान अवस्थामै निगम अघि बढ्न नसक्ने भन्दै यसलाई पुनसंरचर्ना गर्नुपर्ने बताएका हुन् ।

‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ । बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’, उनले भने ।

करार व्यवस्थापनको प्रस्ताव आफूले गत सातानै मन्त्रिपरिषद्मा पठाएको पनि मन्त्री किराँतीले जनाएका छन् ।