मोदीलाई देउवाकाे बधाई, राममन्दिर प्राणप्रतिष्ठा समारोह गौरवशाली क्षण

मोदीलाई देउवाकाे बधाई, राममन्दिर प्राणप्रतिष्ठा समारोह गौरवशाली क्षण


काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले अयोध्याको प्राण प्रतिष्ठा समारोह सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण भएको भन्दै मोदीलाई बधाई दिएका हुन् ।

देउवाले जय श्रीरामको नारासहित अयोध्या प्रकरणमा कांग्रेसको समर्थन जनाएका हुन् । अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।

सोमवार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भएकाे थियाे । राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ ।