राष्ट्रियसभा निर्वाचन : मधेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : मधेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन् ।

मतपरिणामअनुसार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएकी छन् ।

ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरूको ३८१९ मतभार पाएका छन् ।

महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएका सहायक प्रदेश प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिए ।

ढुंगाना पाँचौपटक सांसद बनेका छन् । यसअघि उनी २०४८, २०५१ र ०५६ सालमा उनी धनुषाबाट प्रत्यक्षमा सांसद जितेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालमा समानुपातिकतर्फबाट सांसद बनेका थिए ।