राष्ट्रिय सभामा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला निर्वाचित

राष्ट्रिय सभामा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौला राप्रपा उम्मेदवार उद्धव पौडेलभन्दा ७३० मतभार बढी ल्याएर विजयी भएका छन् ।

सिटौलाले प्रदेश सभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार ल्याएका छन् । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाएका छन् ।

सिटौलाले कूल ५२९२ र पौडेलले ४५६२ मतभार पाएका जनाइएको छ ।