पोखरा – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् ।
शर्माले ३६६० मतभार पाएकी छन् । शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेश सभातर्फ ३५ मत पाएकी छन् ।
अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार ३७७४ मतभार पाएर विजयी भएका छन् ।
अन्य क्लष्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ ३८०८ मतभार पाएर विजयी भएका छन् ।




प्रतिक्रिया