गठबन्धन सरकारको असफलताका कारण मुलुक चरम संकटमा पर्‍यो : महासचिव पोखरेल

गठबन्धन सरकारको असफलताका कारण मुलुक चरम संकटमा पर्‍यो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् ।

आज शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अहिलेको संकटको कारण नै गठबन्धन सरकार भएको बताए ।

गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ,’ उनले भने ।

देशको स्वाधीनता, स्वाभिमान र रक्षाको मामिलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ,’ उनले भने ।

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए ।