सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए, कसरी पुग्यो बहुमत ?

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए, कसरी पुग्यो बहुमत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता फेरिएका छन् ।

माओवादीका बहुमत सांसदले दल नेता खगराज भट्टको अनुपस्थितिमा बैठक गरेर सांसद मानबहादुर धामीलाई दल नेता बनाएका छन् । यसअघि धामी संसदीय दलका प्रमुख सचेतक थिए ।

पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको र संसदीय दलको नेताले भूमिका निभाउन नसकेको भन्दै बहुमत सांसदहरू असन्तुष्ट थिए । केही हप्ताअघि असन्तुष्ट सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ११ सांसद छन् । जसमध्ये ६ सांसद नेता धामीको पक्षमा खुलेपछि भट्ट अल्पमतमा परेका थिए । शुक्रबार दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरूको बैठक बसेर भट्टलाई हटाएर धामीलाई दल नेता बनाउने निर्णय गरिएको छ ।

बैठकमा सांसदहरू धामी, रावल, शिवसिंह ओली, ओमविक्रम भाट, गीतादेवी माल र लक्ष्मी विक सहभागी थिए ।

माओवादीबाट सामाजिक विकास मन्त्री झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी सरकारमा सहभागी छन् ।